दमक, ४ भदौं–आफ्नो भाषा, धर्म, कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले लिम्बू समुदायभित्र नयोङहाङ समाज नेपाल स्थापना भएको छ । धनकुटाको बुढीमोरङ उद्गमस्थल रहेको नयोङहाङ लिम्बूहरु यतिवेला पूर्वको विभिन्न जिल्लाहरुसँगै देश–बिदेशमा छरिएर बसोबास गरिरहेका छन् ।

पछिल्लो समय निकैकष्ट र मिहेनत गरेर नयोङहाङ समाज नेपालले देश तथा विदेशमा बसोबास गरिआएका दाजुभाई तथा दिदीबहिनीहरुको बिबरण सङ्कलन गर्ने कार्य जनगणना गरेको छ । नयोङहाङहरु देश तथा बिदेशगरी ३ हजार चार सय बिस जना रहिआएको बिबरण भेटिएको छ ।

नययोङहाङ समाजका उपाध्यक्ष तथा जनगणना समितीका संयोजक जीएन (गोपाल) नयोङहाङ लिम्बूका अनु्सार ५ सय २ घर धुरीमा जनगणना गरिएको र जसअन्गर्त महिला (श्रीमति) को संख्या ७१८, छोराको संख्या १३७६ छन् भने छोरीको संख्यामा १३२६ जना छन् ।

समाजका उपाध्यक्ष जीएनले झापामा २३६, मोरङमा ३६८, सुनसरीमा ५३९, इलाममा ८०, ताप्लेजुङमा ७९८, सङ्खुवासभामा ४४१, धनकुटामा ५३२, उपत्याका (काठमाण्डौं, भक्तपुर र ललितपुर) मा १२४ जना नयोङहाङहरु बसोबास गरिआएका छन् । त्यस्तैं, भारतको विभिन्न भूभागमा २३१ जना बसोबास गरेको जनगणनाको क्रममा बिबरण सङ्कलन गरिएको नयोङहाङ समाजका उपाध्यक्ष जीएनले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *