मेचीनगर, ७ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई बढार्ने सुवर्ण अवसर आएको बताएका छन् ।

काँग्रेस र कम्युनिष्ट पार्टीले सत्तामा बसेर भ्रष्टाचार गरेको भन्दै यसका विरुद्ध आम नेपाली जनताले मत नदिएर ठीक पार्नुपर्ने समय आएको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले अब पनि तिनै काँग्रेस र कम्युनिष्टलाई मत दिएर जिताउने हो भने मुलुकको विकास सम्भव नहुने जिकीर गरेका छन् ।

‘हामीले काँग्रेस र कम्युनिष्टले सत्ता चलाएको हेरेर अहिलेसम्म बसिरहेका छौँ, उनले भने, ‘उनीहरुबाट हामीले के आशा र भरोसा प्राप्त गर्न सक्यौँ, त्यसैले परिवर्तनका लागि अब नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर परिवर्तन महसुस गर्न आम मतदातासमक्ष अपिल गर्दछु ।’

अध्यक्ष लिङ्देनले अबको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई असफल हुने छुट नभएको बताए । गत स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अपेक्षा गरेअनुसार परिमाण नआए पनि पार्टीप्रतिको आशा र भरोसा बढेर गएको विश्वास दिलाए । ‘स्थानीय चुनावको परिमाण हेर्दा हाम्रो पार्टी सशक्त रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘त्यसैले नेपाली राजनीतिक शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अब विकल्प छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *