काठमाडौं, ७ भदौ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।
आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।
एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ ।
यसैगरी, एमालेले भदौ ९ गते पोलिटव्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
