काठमाडौं, ७ भाद्र–गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरू गरेको छ।

उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

कार्कीलाई अहिले प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाएर छानबिन गरिरहेको राईले बताए। कार्की दोषी देखिए कारबाही गरिने उनले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *