विर्तामोड, ८ भदौ–नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघं) कन्काई क्याम्पस बिर्तामोड इकाईको अधिवेशन सम्पन्न भएको छ । बुधबार कन्काई क्याम्पसमा सम्पन्न अधिवेशनबाट किरण गुरुङको सभापतित्वमा ५१ सदस्यीय कार्य समिति सर्बसम्मत रूपमा चयन गरिएको छ ।
समितिको उपसभापतिमा राजन अधिकारी, सन्जेश बुढाथोकी, सचिवमा विमल कट्टेल, मनु भटृराई, सहसचिवमा अनमोल तिम्लसिना, मनिसा हाङसरुम्बा, कोषाध्यक्षमा दिव्यकला कार्की रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सम्पदा पोखरेल, अवान राणा मगर, सुमन ठाकुर, किशोर भट्टराई, दिक्षा लुइटेल, कपिल उप्रेती, आकृति चापागाई लगाएत रहेका छन् ।
कार्यक्रममा नेवि संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती, नेवि संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, महाधिवेशन प्रतिनिधि ऐलक्स मैनाली, झापा जिल्ला सचिव पोषराज कटुवाल, जिल्ला प्रवक्ता सज्जय निरौला, जिल्ला सदस्य रमेश शेर्पा, विनोद तामाङ, गोकुल पौडेल, मनिस दाहाल स्वयुवि उपाध्यक्ष सन्देश रिजाल, कन्काई कलेज स्वयुवि सभापति सन्जय राई, नेविसंघ कन्काई सदस्य नवराज मेचे, वितामोड नगर सभापति योगेन्द्र गदार थापा, नेविसंघ नगर सचिव खुम खड्का लगायत को उपस्थिती रहेको थियो ।
