भद्रपुर, ८ भदौ–झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको सात वटै वडाहरुमा २७४ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने बन्ध्याकरण शिविरमा सातवटै वडाका ती कुकुरहरुको बन्ध्याकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो । बन्ध्याकरण गरी पालिकामा सामुदायिक कुकुर नियन्त्रण गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।

नेपाल एग्री लाइभस्टक एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा कचनकवल गाउँपालिकाका सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *