धरमपुर, १० भदौ–१५७ औं मोती जयन्तीको अवसरमा शिवसतताक्षीको दूधेमा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीमा रहेको सताक्षीधाम साहित्य संगमले साहित्यिक गोष्ठी गरेको हो ।

गोष्ठीमा सहभागी श्रष्टाहरुले कविता, गजल तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सतासीधाम साहित्य संगमका उपाध्यक्ष पदप्रसाद दाहालले साहित्यकार मोतीराम भट्टको चर्चा गरेका थिए ।

कार्यक्रममा श्रष्टाहरू अश्विन धिताल, विद्या सिग्देल, अनिल आचार्य, लोकमणि गौतम, दिपेश पौडेल, रुद्रप्रसाद पौडेल, उर्मिला अधिकारी, वीरेन्द्र थोक्लिहाङ्ग, यादवप्रसाद घिमिरे, श्री प्रसाद खरेल, छविलाल दवाडी, पदमप्रसाद दाहाल लगायतले सृजना बाचन गरेका थिए ।

कार्यक्रममा सरोज भट्टराई र शिवकुमार आङ्बोले गीत प्रस्तुत गर्दै कार्यक्रमको माहोल तताएका थिए । संगमका सदस्य नरपति पाठकले स्वागत, गजलकार दिलिप घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममको अध्यक्षता सतासीधाम साहित्य संगमका अध्यक्ष तथा साहित्यकार उमानाथ दाहालले गरेका थिए ।

कार्यक्रममा स्थानीय स्तरका ३० बढी साहित्यकार तथा गजलकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुस्मिता राईले गरेकी थिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *