बिर्तामोड ११ भदौ–नेकपा (एकीकृत समाजवादी) ले पूर्व सांसद पुष्पराज पोखरेललाई झापा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । झापाको भद्रपुरका स्थायी बासिन्दा पोखरेलले पार्टी गठनको एक वर्षपछि जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।

२०५१ सालमा नेकपा एमालेका तर्फबाट सांसद भएका पोखरेल पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए । जनपक्षीय नेताको छवि बनाएका पोखरेल प्रष्ट स्वभावका छन् ।

यसअघिका झापा जिल्ला इन्चार्ज इन्द्र बहादुर बुढाथोकीले अस्वस्थ्यताका कारण राजीनामा दिएपछि पोखरेलले जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए । दमक निवासी इन्द्र बहादुर बुढाथोकी दमक नगरपालिकाका पूर्व नगर प्रमुख हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *