काठमाडौं, १२ भदौं–यतिखेर काठमाडौं ललितपुर सहित देशभर धेरै जिल्लामा डेंगु संक्रमण बढिरहेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो समय डेंगुका बिरामी धेरै आउने गरेको अस्पतालले जनाएको छ। यद्यपि धेरैले डेंगु वा अन्य संक्रमण भएको हो भन्ने छुट्याउन सक्दैनन्।
त्यसैले डेंगुबारे जान्नैपर्ने कुरा
लक्षण
-टाउको, मांसपेशी तथा जोर्नी दुख्ने।
-एक्कासी ज्वरो आउने।
-वाकवाकी लाने आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा मन नलाग्ने।
-थकान महसुस हुने।
डेंगु संक्रमण गराउने लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रण गर्ने उपायहरू
-पूरा बाहुला भएको लुजा लगाउने।
-झुलभित्र मात्र सुत्ने।
-घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने।
-घर तथा कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने।
-खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने।
-गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने।
-पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने।
स्रोतस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
