काठमाडौं, १३ भदौ-घरेलु मैदानमा रियल भालाडो लिडमाथि ४–० को सहज जित निकाल्दै बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकालेको छ। आइतबार राति घरेलु दर्शकसामु पोलिस फर्वाड रोवर्ट लेवान्डोस्कीले पहिलो गोल गरे।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टोले समान एक९एक गोल गरे। खेलमा २४औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ४३औँ मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।
६४औँ मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को जित निकाल्यो। ला लिगामा बार्सिलोनाको यो तेस्रो खेलमा दोस्रो जित हो।
जितसँगै बार्सिलोनाले तीन खेलबाट दुई जित र १ बराबरी खेल्दै ७ अंक बनाएर तेस्रो स्थानमा उक्लिएको छ।
