दमक, १३ भदौं–झापाको दमक–५ बेलडाँगी रोडस्थित रहेको सूर्यमुखी बतत तथा ऋण सहकारी संस्थाले आज दमकमा सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित मारवाडी भवनमा आयोजित संस्थाको सातौं बार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाले गर्नुभएको छ ।

सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका कारोबार गर्ने शेयर सदस्यहरु, बचतकर्ता, ऋणी, बाल बचत, जेष्ठ नागरिक बचत लगायतको शिर्षकमा उत्कृष्ट सदस्यहरुलाई कार्यक्रममा सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो । सम्मानित तथा पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाले प्रमाणपत्र तथा पुरुस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा आर्थिक बर्ष २०७८।०७९ अन्तगर्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारणसभामा दमक बहुमुखी क्याम्पसका प्राध्यापक तथा संस्थाका शेयर सदस्य राधिका ओझा, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्दम्बे, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख मुना केसी, युनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केवलीराम आचार्य, कञ्चनजंघा बहुदेश्यीय सहकारी संस्थका अध्यक्ष मणि भण्डारी, मेची बहुदेश्यी सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका व्यवस्थापक गोकुल न्यौपानेले सञ्चालन गर्नुभएको बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलबहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *