दमक, १३ भदौं–झापाको दमकमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सोमबार नयाँ नेतृत्व निर्माण गर्ने प्रकृयासहितको १३औं चुनावी बार्षिक साधारणसभाको समुद्घाटन गरिएको छ । दमकस्थित बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी कम्प्लेक्स (मुख्य कार्यालय) मा आयोजना गरिएको १३औं बार्षिक साधारणसभाले नयाँ नेतृत्व निर्माण गर्ने उदेश्य र प्रकृयासहित संस्थाको सेवा केन्द्रहरु मार्फत हुने क्षेत्रीय स्तरका साधारणसभाको तालिका सार्वजनिक गरिएको छ ।
सञ्चालक समितिका अध्यक्ष रवि न्यौपानेको अध्यक्षतामा र संस्थाका संस्थापक अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका प्राध्यापक बासुदेब काफ्लेले बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको थियो । सो साधारणसभामा संस्थाका अध्यक्ष रवि न्यौपानेले झापा र मोरङमा स्थापना गरिएको सेवा केन्द्रमा हुने क्षेत्रीय स्तरका इकाईगत साधारणसभाको तालिका सार्वजनिक गर्नुभएको थियो ।
आज (सोमबार) देखि दमकस्थित मुख्य कार्यालयमा क्षेत्रीय स्तरका इकाईगत रूपमा सम्पन्न गर्ने गरी १३औं साधारण सभा सुरु भएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । साधारणसभा १८ गते सम्पन्न हुने छ । सो दिन सेवा केन्द्रहरु मार्फत सम्पन्न भएका क्षेत्रीय स्तरका साधारणसभाको माइन्युट प्रमाणिकरणपछि दमकस्थित मुख्य कार्यालयमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न हुने छ ।
संस्थाका प्रमुख कार्याकारी प्रमुख कमल कुमार घिमिरेका अनुसार दमक र कमललाई जोडेर दुईवटा इकाई बनाइएको छ । जस अन्तगर्त आज (सोमबार) इकाई १ र भदौं १४ गते मंगलबार कमल गाउँपालिकाको तोपगाछी, लखनपुर र दमकका शेयर सदस्यहरुका लागि इकाई २ को साधारणसभा हुने भएको छ ।
त्यस्तैं, भदौं १५ गते बुधबार झिलझिले सेवा केन्द्र र सुरुङगा सेवा केन्द्रको कार्यालयमा साधारणसभा हुने, भदौं १६ गते विहिबार गौरादह र उर्लाबारी सेवा केन्द्रमा क्षेत्रीय स्तरका साधारणसभा हुने भएको छ । भदौं १७ गते शुक्रबार बिदा हुने र भदौं १८ गते शनिबार संस्थाको १३औं बार्षिक साधारणसभा औपचारिक रुपमा सम्पन्न हुनेछ । समापन कार्यक्रममा सेवा केन्द्रहरु मार्फत सम्पन्न भएका क्षेत्रीय स्तरका साधारणसभाको माइन्युट प्रमाणिकरण गरिने र संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, उत्कृष्ट कर्मचारीहरु र सहकारी क्षेत्रको विषयमा पत्रकारितामा सक्रिय एक जना पत्रकारलषई पुरस्कृत गरिने भएको छ ।
संस्थाले बाल बचततर्फ समर कुमार शाह, नमिना ओझा, आङ्गसी लिम्बू, देबासिस सुवेदी र रोली रिजाल छन् । त्यस्तैं, सुपर आवधिक बचतकर्ता कल्पना दाहाल, १ वर्षे नियमित बचतकर्ता बिष्णु शाह तेली, ३ बर्षे नियमित बचतकर्ता आयुशा मगर, ५ बर्षे नियमित बचतकर्ता गंगादेबी ढकाल, आवधिक बचतकर्ता प्रेमकुमारी न्यौपाने, लखपती बचतकर्ता आयुसा मगर र दिर्घकालिन बचतकर्ता आनन्द थापा छन् ।
दमक, झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीसहितबाट ४१ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु पुरस्कृत हुने भएका छन् भने कर्मचारीहरुतर्फ कमल गतौंला (दमक), न्युसन तामाङ्ग (झिलझिले), रुपेश खतिवडा (उर्लाबारी), सुरज घिमिरे (सुरुङ्गा) छन् । त्यस्तैं, उत्कृष्ट कर्मचारीको रुपमा बिनोद घिमिरे र हिरो अफ दि स्वर्णलक्ष्मीबाट भगिरथ (ध्रुब) अधिकारी पुरस्कृत हुने भएका छन् ।
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराई, पूर्व सञ्चालका सम्मान, कक्षा १२ उर्तिण छात्रा र छात्र सम्मान, जेष्ठ सदस्य सम्मान, बुहारी स्वागत लगायतका सम्मान र पुरस्कारहरु बितरण गरिने भएको छ ।
आजदेखि सुरु भएको साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका पूर्व सचिव अनिल सुवेदीको सहभागिता थियो । संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रमुख कार्याकारी अधिकृत कमल कुमार घिमिरेले गर्नुभएको थियो ।
