काठमाडौं, १३ भदौं–रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाइदिन्छु भन्दै श्रेष्ठले प्रतिव्यक्ति ६ लाख रूपैयाँ उठाएकी थिइन्।

पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाईएको प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *