दमक, १५ भदौ–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पाका जननिर्वाचित वडाध्यक्ष अशोक सुब्बालाई जिल्ला कमिटी झापाको सदस्यमा मनोनयन गरिएको छ ।
एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको बिर्तामोडमा सम्पन्न बैठकले कमल–२ का वडा अध्यक्ष सुब्बालाई जिल्ला कमिटीको सदस्यमा मनोनयन गरिएको हो । वडा अध्यक्ष सुब्बा झापाका कान्छा वडा अध्यक्ष हुन् । २४ बर्षीय अशोक सब्बा स्थानीय क्षेत्रमा स्थापित युवा हुन् ।
नेकपा (एमाले) बाट वडा अध्यक्षबपदमा उम्मेदवार हुनबाट बञ्चित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई पार्टी प्रवेश गराएको भब्य कार्यक्रमबीच एकीकृत समाजवादीले वडा अध्यक्ष पदमा उम्मेद्वारको रुपमा अघि बढाईएको नेकपा (एकीकृत समाजवादी) कमल गाउँकमिटी अध्यक्ष होम बरालले जानकारी दिनुभयो ।
