दमक, १५ भदौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश १ को आज (बुधबार) झापाको दमकमा सम्पन्न भेलाले फक्ताङलुङ योङ्हाङको अध्यक्षतामा ४४ सदस्यीय प्रदेश कार्य समिति पुनःगठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा शरण जबेगु लिम्बू, छन् भने उपाध्यक्षहरुमा चुन्नी खातुन, नीरमणी माङमु (नरेश), सज्जन कुमार बंशल, शुकमाया लिम्बू, तुलाराम बर्देबा, कामेश्वर रौनीयार, रामबाबू लुइटेल र अशोक कर्ण छन् ।

त्यस्तैं, समितिको मुख्य सचिवमा फिरोज मन्सुर, सचिवमा राजेन्द्र प्रकाश सिंगु, अनिल राई, पुल खान, बिजय दास छन् । सदस्यहरुमा पञ्च आङ्दम्बे, मित्र देवान, बिरेन राई, चैतन्य प्रकाश केदेम, टीएन चोत्लुङ, कमल खजुम, डोमालाल राजवंशी, हरिलाल निङ्लेकु, हितेश लिम्बू, अशोक गुरुङ, प्रकाश लावती, नगेन्द्र लावती, कर्णकुमारी लिङदेन, गौरी लिम्बू, पुष्पलाल राजवंशी, गीता नेम्बाङ, धनबहादुर लिम्बु, अशोक घिमिरे, कर्णलाल राजवंशी, साजिया अख्तर, किरण शर्मा, फिरोज शेख, भीमा लिम्बू, चन्द्रमाया पाठक क्षेत्री, किशोर कुमार श्रेष्ठ र आशा लिम्बू नेम्बाङ छन् ।

सोही अवसरबीच जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा झापाका पहिचानबादी नेता भक्त खेवाङ लिम्बूको नेृत्वमा १ सयको संख्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गर्नुभएको छ । लिम्बु अवकाश प्राप्त पूर्व बिट्रिस आर्मी हुन् । दमक निवासी लिम्बूका धर्मपत्नी पनि सोही अवसरमा लोसपामा प्रवेश गरेकी छन् ।

दुई चरणमा सम्पन्न गरिएको कार्यक्रममा पुर्व अध्यक्ष फक्ताङ्लुङ योङहाङ र लोसपा झापा जिल्ला अध्यक्ष अनुतसिङ राजबंशीको अध्यक्षतामा तथा पार्टी प्रदेश १ इन्चार्ज र कार्यकारी सदस्य प्रेमदिप थाम्सुहाङको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा लोसपा केन्द्रिय सदस्यहरु शिव आचार्य, अर्मेन्द्र शाह, तर्वेज मोहमद हक, हिरा मन्डल, झापा जिल्ला अध्यक्ष अनुत्तसिङ राजबंशी, मोरङ जिल्ला अध्यक्ष कादिर मोहमद मियाले नवगठित समितिलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *