काठमाडौं, १६ भदौ–स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौं स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ । आज (बिहीबार) सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।
जसअनुसार काठमाडौं-५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं-८ मा सुमन सायमी र काठमाडौं-९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर -२ मा दरोस्तभ लोकेन्द्र, कास्की-२ मा सिरिष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही-५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिने गरिएको हो । स्वतन्त्र अभियान अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा उठ्न तयार उम्मेदवारहरुले काठमाडौंका मेयर बालेन्द्र शाहको शैलीमा राष्ट्रिय झण्डा ओढेका थिए ।
प्रतिनिधि सभा
मधुसुदन पाठक ‘सिते बा’-काठमाडौं क्षेत्र नम्बर ५
विद्या श्रेष्ठ महर्जन -काठमाडौं क्षेत्र नम्बर ९
रोहन कार्की -काठमाडौं क्षेत्र नम्बर २
भीष्म राणा -रुपन्देही क्षेत्र नम्बर ५
राजाराम तन्डुकार -ललितपुर क्षेत्र नम्बर ३
सुमन सायमी -काठमाडौं क्षेत्र नम्बर ८
प्रदेश सभा
विनोद बजगाईं-काठमाडौ २ ’क’
अनिलकुमार पाण्डे-महोत्तरी २ ’ख’
गजेन्द्रकुमार भगत-उदयपुर २ ’क’
विजय कालिकोटे-सुनसरी १ ’क’
