दमक, १६ भदौं–किराँत राई विद्यार्थी संघ झापाले आज (बिहिबार) साँझ दमकको गणतन्त्र चौकमा दीप प्रज्वलन गरी २४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा किराँत राई विद्यार्थी संघ झापाले दमकमा दीप प्रज्वलन गरी खुशीयालीसंगैं शुभकामना आदान–प्रदान गरिएको छ ।
संघका झापा अध्यक्ष मिलन रुम्दाली राईले प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्न देशभरीका राई विद्यार्थीहरुले रचनात्मक र सृजनात्मक भूमिकासहित अभियानमा लाग्न किराँत राई विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष रुम्दालीले विद्यार्थीहरुले देशको राजनीतिक परिवर्तनका निम्ति एतिहासिक आन्त्दोलनमा महत्वपूर्ण भूमिका देखाएको स्मरण गर्दै प्रदेशको नामकरण गर्न सक्रिय सहभागिता देखाउन आवश्यक रहेको बताउनुभयो ।
भाषिक, धार्मीक, कला र साँस्कृतिको निम्ति काम गर्ने, छरिएर रहेका राई विद्यार्थीलाई एक सुत्रमा जोडेर शैक्षिक आन्दोलनमा गोलबन्द गराउन किराँत राई विद्यार्थी संघको स्थापना भएको रुम्दालीले जानकारी गराउनुभयो । वहाँले २४ वर्ष अघि स्थापना भएको किरात राई विद्यार्थी संघले आज देश तथा बिदेशमा छुट्टै परिचय बनाईसकेको बताउनुभयो ।
संघको स्थापनाको क्रममा अग्रजहरुले ठूलो त्याग र तपस्या गर्नुभएको कारण आज किराँत राई विद्यार्थी संघले संस्थागत रुमा छुट्टै परिचय बनाइएको भन्दैं खुशी व्यक्त गर्नुभयो । साथैं, संघको संस्थापक अध्यक्ष नबीन राईको सत्य र तथ्य सार्वजनिक गर्न सरकार र तत्कालिन शसस्त्र बिद्रोह गर्ने नेकपा (माओवादी केन्द्र) लाई आग्रह गर्नुभयो ।
त्यस्तैं, संघका केन्द्रय सदस्य शुनिल हताछो राईले शैक्षिक आन्दोलन र छरिएका राई विद्यार्थीको अवस्था लगायत अन्य खाले समस्यालाई सम्बोधन गर्न स्थापना भएको संघले आज २४औं वर्ष पार गरिसकेको भन्दैं हर्कबढाई व्यक्त गर्नुभयो । वहाँले राजनीति आस्था र बिचार भन्दा माथि उठेर राई जाति वा समुदायको चेतनाको विकास र परिवर्तनमा किरात राई विद्यार्थी संघले महत्वपूर्ण भूमिका देखाएको बताउनुभयो । \
दीप प्रज्वलन कार्यक्रममा किराँत राई विद्यार्थी संघ झापाका सस्थापक एबम् किरात राई पत्रकार संघ झापाका पूर्व अध्यक्ष अनिलेदेब राई, किरात राई लेखक संघ झापाका अध्यक्ष एबम् साहित्यकार जीतेन साङपाङ राई, लिम्बू विद्यार्थी मञ्च झापाका दीपक मादेन लिम्बू, धावक मेघराज चाम्लिङ राई लगायत राई विद्यार्थीहरुको सहभागिता थियो ।
किरात राई विद्यार्थी संघ झापाका सहसचिव मिरन राईले स्वागत मन्तव्य र संघका सदस्य अयुष राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
