दमक, १७ भदौं । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ ले संघ र प्रदेश तर्फका उमेदवारहरुको नाम सिफारिस अनुमोदन गरेको छ । काङ्ग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज सम्पन्न बैठकले संघ र प्रदेशतर्फका एक दर्जन बढी प्रदेश समितिबाट सिफारिस भएर आएका उमेदवारहरुको नाम अनुमोदन सिफारिस गरि जिल्ला समितिलाई पठाइएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जानकारी दिए ।

क्षेत्रले संघीय संसदको प्रत्यक्षमा महिलातर्फ कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूको नाम एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने पुरुषतर्फ प्रत्यक्षमा क्रमशः महाधिबेशन प्रतिनिधि डा। खगेन्द्र पाण्डव अधिकारी, विश्वदिप लिङदेन,पदम पौडेल, मेदनी सिटौलाको नाम सिफारिस गरिएकोछ ।

यसैगरी, समानुपातिक पुरुषतर्फ अमर बराईली, कृष्ण बहादुर धिमाल, दिलिप राई,बीरबहादुर प्रसाई, सत्यनारायण चौधरी, सुरेश सुब्बाको नाम सिफारिस गरि पठाइएको सभापति भण्डारीले जानकारी दिए । यसैगरि, संघीय संसदको समानुपातिक महिलातर्फ रामकुमारी पौडेलको नाम सिफारिस गरिएको बुझिएको छ ।

यसैगरी आज बिहिबार सम्पन्न क्षेत्रको बैठकले प्रदेश सभाका लागि प्रदेश समितिबाट सिफारिस भएर आएका उमेदवारहरुको नाम पनि अनुमोदन गरि जिल्ला समितिमा पठाएको जनाइएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र ५ (ख) समितिले सिफारिस गरेर पठाएका उमेदवारहरुको नाम पनि अनुमोदन गरि सिफारिसका लागि पठाएको जनाईएको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ एक नम्बरमा ढुण्डीराज भण्डारीको नाम छ भने दोश्रो नम्बरमा पूर्व महासमिति सदस्य दिलबहादुर बुढाथोकी, तेस्रो नम्बरमा प्रदेश समिति सदस्य चन्द्रा खडका, ४ नम्बरमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई र पाँचौं नम्बरमा पूर्व महासमिति सदस्य टिकाराज सापकोटाको नाम सिफारिस भएको छ ।

त्यस्तै छैठौं नम्बरमा पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, ७ औं नम्बरमा प्रदेश प्रतिनिधि तथा तत्कालिन लखनपुर गाउँ सभापति राजकुमार न्यौपाने, ८ औं नम्बरमा शान्ति पौड्याल, ९ औं नम्बरमा महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, १० औं नम्बरमा पूर्व महाधिवेशन प्रतिनिधि घनेन्द्रराज सुब्बा र ११औं नम्बरमा प्रदेश सभा क्षेत्र उपसभापति सुरेन्द्र केसीको नाम सिफारिस गरिएको जनाईएको छ।

त्यसैगरी सामानुपातिक तर्फबाट (ख) का लागि रवि न्यौपाने, आईन्द्रबिक्रम केरुङ, भुमीराज राई, पदम बहादुर बुढाथोकी, उद्धव दाहाल, राजु राउत र महिलातर्फ मेनुका बुढाथोकी र मन्दरा पौडेल चिमरिया लगायतको नाम रहेको छ ।\

यसैगरी क्षेत्र (क) बाट प्रत्यक्षतर्फ जीवन कुमार राई, राजन ढुंगाना, अनिलकृष्ण प्रसाईंको नाम रहेको छ । यसैगरी समानुपातिकतर्फ रोहितकुमार शाह, लक्ष्मी बार्हकोटी प्रसाईं, पुन्य सिगदेल, किशोर पौडेल र पुन्य ढुंगानालाई सिफारिस गरिएको जनाईएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *