झिलझिले, १७ भदौं–किरात राई यायोक्खा शिबसताक्षी नगर समितिको शुक्रबार झिलझिलेमा सम्पन्न ११औं अधिवेशनले पूनःपर्शुराम रिङ्गालुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । झिलझिलेस्थित यायोक्खाको कार्यालय परिसर (साकेला थान) मा ११औं अधिवेशनले रिङ्गालुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षद्धयमा मदन बाङदेल राई र प्रेम दुमी राई, सचिवमा मिलन राई, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा कुमार खालिङ राई छन् । त्यस्तैं, समिमितको सदस्यहरुमा मनिषा राई, याम कुमारी राई, इन्द्र राई, भक्तमाया राई, देउमाया राई, सुनिता राई, सुकमान राई, दिलिप राई, टेकबहादुर राई, तिलक राई, गोपाल राई, मोहन राई, अर्जुन राई र नरमाया राई छन् ।

यसअघि, शिबसताक्षी नगरपालिकामा सतासीधाम, पाँचगाछी, शिबगञ्ज र धरमपुर प्रारम्भिक कार्य समितिहरु सञ्चालनमा थिए । पछिल्लो समय शिबसताक्षी–१, २ र ३ धरमपुरमा वडा स्तरीय समिति गठन भएर चलायमान छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *