भद्रपुर, १७ भदौ-पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला आफ्नै निर्वाचन क्षेत्र झापा–३ बाट उम्मेद्वार सिफारिस भएका छन् ।

आज कांग्रेसको क्षेत्रीय समितिको बैठकले उनलाई संघीय सांसद्को सर्वसम्मत उम्मेद्वार चयन गरेको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु उम्मेद्वार सिफारिस भएका छन् ।

प्रदेश सभा सदस्यको ९क० मा भूमिप्रसाद राजवंशी र ९ख० मा नवीन बिमली, भगीरथ पोद्दार र भरत प्रसाईँको नाम सिफारिस भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *