दमक, १८ भदौं–झापाको दमकस्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं चुनावी साधारणसभा शनिबार दमकमा सम्पन्न भएको छ ।
दमक-८ स्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न साधरणसभाले बुद्धिसागर (बिमल) बरालको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । बराल यसअघि, सस्थाको सचिवको जिम्मेवारीमा थिए ।
समितिको सचिवमा सञ्जिव रिमाल, कोषाध्यक्षमा चन्द्रमाया निरौला (जमुना), सदस्यमा पुनम (प्रेमकुमारी) रिजाल, दिनेश अधिकारी, अशोक सुवेदी र राजेन्द्र श्रेष्ठ चयन भएका छन । त्यसैगरी, लेखा समिति संयोजकमा गायत्री प्रसाद पराजुली, गंगा पौडेल र अविचन्द्र प्रसाइँ चुनिएका छन् ।
संस्थाका अध्यक्ष रवि केसी न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणस पत्रकार गिरिराज भटटराईलाई नगद १० हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरियो ।
संस्थाले बर्षेनी प्रदान गर्दै आएको हिरो अफद स्वर्णको उपाधि यसपटक संस्थामा कार्यरत भगिरथ अधिकारी (ध्रुव) लाई प्रदान गरियो भने अन्य उत्कृष्ट कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुनेहरुमा कमल गडतौला, रुपेश खतिवडा, सुरज घिमिरे, न्युसन तामागं र विनोद घिमिरे रहेका छन । सो अवसरमा संस्थाकी पूर्वसञ्चालक राधिका अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाले मोरङको उर्लाबारी, झापाको सुरुगां, झिलझिले र गौरादहमा सेवा केन्द्रहरुबाट समेत कार्यसम्पादन तथा मुल्यांकनका आधारमा उत्कृष्ट छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट ग्रेड ल्याएर उत्तिर्ण हुने संस्थाका अनिसा पराजुली र रोनिस भुजेललाई पनि पुरस्कृत गरिएको संस्थाका कार्यकारी प्रमुख कमल घिमिरेले जानकारी दिए ।
जिल्ला सहकारी संघ झापाका अध्यष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, मेची सहकारी सस्थाका अध्यक्ष नारायण भटटराई, सहकारी अभियानमा क्रियाशील घनश्याम अधिकारी, तुलाराम न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
