दमक, २० भदौ-झापाको दमक नगरपालिका–८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडास्थित पुर्वपश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र मे १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको विभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएको करिब २२ लाख ६ हजार मुल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको र अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *