दमक, २१ भदौ–झापाको दमक–८ शुभलक्ष्मी टोलमा अवस्थित श्रीसिद्दी बिनायक गणेश मन्दिर तथा सभाहलको आज मंगलबार सम्पन्न भएको दोस्रो साधारणसभा तथा अधिबेसनबाट प्रदिप कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिती सर्बसम्मत चयन भएको छ ।
श्रीसिद्दी बिनायक गणेश मन्दिर तथा सभाहल समितिको उपाध्यक्षमा मिना कोइराला, सचिवमा गङ्गा प्रसाद सढाई, कोषाध्यक्षमा हरिप्रसाद न्यौपाने र सहसचिवमा नगेन्द्र पोख्रेल रहनुभएको छ ।
समितिको सदस्यहरुमा माया पोख्रेल, देबका खत्री, बिमला बास्तोला, प्रमिला बस्नेत, टीका दत्त पराजुली, दिपक गौतम, डम्बर बाहादुर श्रेष्ठ, देबेन्द्र शिवाकोटी हुनुहुन्छ ।
सो अवसरमा नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष प्रदिप कोइरालाले श्रीसिद्दी बिनायक गणेश मन्दिर तथा सभाहल निर्माण कार्यमा जुट्नुहुने संस्थापक, आजिवन सदस्य र जग्गादाताहरुमा हार्दिक आभार ब्यक्त गर्नभयो ।
