झापा, २२ भदौ–ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् ।
उनलाई नेकपा माओवादी क्षेत्रीय कमिटीले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको माओवादीका जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले बताए ।
कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनले काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।
