नानुमैया राई/दमक, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियानको टोली झापाको दमक आईपुगेको छ । टोलीलाई दमकमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटीले भब्य स्वागत गरिनुका साथै सक्षिप्तमा कोण सभाको आयोजना गरिएको छ ।

दमक चौकमा आयोजित कोणसभामा पार्टीका उपमहासचिव डाक्टर बिजय पौडेलले सम्बोधन गर्नभएको थियो । पौडेलले युवा संघको आयोजनामा देशव्यापी जागरण अभियान लिएर सुदुर पश्चिमको महाकालीदेखी सुदुरपूर्वी मेची नदीसम्मको यात्रामा सहभागि हुनुहुने युवाहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । महासचिब पौडेलले सामाजिक न्याय र सम्मुनत समाज निर्माण्का लागि युवाहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

वहाँले पार्टी बिभाजन भएको थोरै समयमा देशमा स्थानीय निर्वाचनको सामाना गर्नुपरेको र फेरी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आइरहेको बताउनुहुदैं युवाहरुको महाकाली–मेची जागरण अभियानले देशब्यापी सकारात्मक शन्देश ल्याउनेमा आशाबादी ब्यक्त गर्नुभयो ।

सो कोणसभा अघि मोरङ जिल्ला कमिटीले झापा जिल्ला कमिटीलाई राष्ट्रिय झण्डा सहित पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा हस्तान्त्रण गरिएको थियो ।

कोणसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रियसभाका माननीय जयन्ती राई, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, पार्टीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, राष्ट्रिय परिषद सदस्य केन्द्र प्रसाई, मणी भण्डारी, प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, पार्टीका मोरङ अध्यक्ष चन्द्र नारायण राई, युवा संघ प्रदेश १ का अध्यक्ष प्रत्युष राना लगायतको सहभागिता रहेको थियो ।

दमकको कोणसभा पश्चात सो टोली मेची नदीसम्म पुगेर महाकाली–मेची जागरण अभियान सम्पन्न हुने छ । अभियान समापन अघि बिर्तामोडमा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको समाजवादी प्रेष संगठन झापाका अध्यक्ष एबम् नेकपा (एकीकृत समाजवादी) प्रचार बिभाग झापाका सचिव अनिलदेब राईले जानकारी दिनुभयो ।

बिर्तामोडस्थित हनुमान सेन्ट्ररमा कोणसभामा झलनाथ खनाल सहित पार्टीका केन्द्रीय उपाध्यक्ष जयन्ती राई, युवा संघका अध्यक्ष नरेश शाही, केन्द्रीय नेताहरु र पार्टी झापा अध्यक्ष बेदराज रेग्मीले सम्बोधन गर्नेछन् । सो कोणसभालाई नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *