दमक, २४ भदौ–चलचित्र ‘प्रेम गीत ३’ को टिम चलचित्रको प्रदर्शनको मिति नजिकिए संगै प्रचार प्रसारको लागी पुर्वमा आएको छ । आगामी असोज ७ गते विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका लागी कलाकार सहितको टोलीले आज दमकमा पत्रकार भेटघाट गरेको हो ।
पत्रकार भेटघाटमा चलचित्रका कलाकार सुनिल थापाले आफुहरुको मेहनतको प्रतिफल अहिले देखीन लागेको बताउनु भयो । यो चलचित्रले नेपाली चलचित्र उद्योगमा ईतिहॉसमा रचिसकेको बताउनु भयो । प्रदर्सन अघिनै यत्तिको चर्चा पाउदा चलचित्र सफल भैसकेको बताउनु भयो । चलचित्रका कलाकार मनिस राउतले चलचित्र सन्सारभरिमै चर्चा हुने खालको बनेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका ब्यवस्थापक चैतन्य बरालले प्रेम गित नामनै ब्राण्ड भैसकेको भन्दै चलचित्रकोलागी आफुहरु एकदमै उत्साहित भएको बताउनु भयो ।
दर्शकको बहुप्रतिक्षित चलचित्र प्रेम गित ३ मा मल्टिस्टारहरुको अभिनय रहेको छ । जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, क्रिस्टिना गुरुङ लगायतको अभियान हेर्न सकिन्छ । यो चलचित्र नेपाल सहित भारतमा पनि प्रदर्शन हुनेछ । चलचित्रलाई हिन्दि भर्सनमा पनि प्रर्दशन गरिने छ ।
चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसुर नराखेको बताउने चलचित्रका निर्माता सेन हाल चलचित्रको लागी भारतमा प्रचार प्रसारमा ब्यस्त हुनुहुन्छ ।
गत वर्षको चैत २८ गते प्रदर्शन गर्ने घोषणा गरेता पनि कोरोना महामारीको कारण चलचित्र प्रदर्शनमा ल्याइएको थिएन ।
चलचित्र ‘प्रेमगीत ३’ लाई ‘डमरुको डन्डिबियो’ डेब्यू निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्नु भएको छ ।
