दमक, २५ भदौं–झापाको दमक नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं बार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक–६ बरपीपल चौकमा अवस्थित विश्वासिलोको कार्यालयमा आज (शनिबार) उद्घाटन भएको ११औं बार्षिक साधारणसभा भोली (आइतबार) र पर्सि (सोमबार) सम्म सञ्चालन हुने भएको छ ।
सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा आयोजित बार्षिक साधारणसभाको उद्घाटन दमकस्थित राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख मुना केसीले गर्नुभएको थियो । उद्घाटन अवसरमा शर्माले देशमा चरम आर्थिक समस्याकाबीचमा बैक र सहकारी संस्थाले बजारमा आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको बताउनुभयो ।
बार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख केसीले कोभिडको संक्रमणपछि देशभित्र मात्रै नभएर विश्वमा नै आर्थिक गतिविधिहरु क्तमश घट्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थाकाबीचमा पनि सहकारी संस्था र बैकले बजारमा आफ्ना सदस्यहरुलाई दिइरहेको सेवा र सदस्यहरुप्रती उत्तरदायित्वका साथ काम गर्नु नै महत्वपूर्ण भएको बताउनुभयो ।
केसीले अर्थतन्त्रमा अहिले देखिएको तरलतालाई सुल्झ्याउन कुनै एक ब्याक्ति, कुनै एक बैंक वा सहकारी संस्थाले मात्रै सम्भव नभएकोले सवै एक भएर जुट्न आग्रह गर्नुभयो । यस्तो अवस्थामा कुनै बैंक वा सहकारी संस्थामा सदस्यहरु एक साथ आ–आफ्नो बचत रुपैया फिर्ता माग्न आएको अवस्थामा सवै बैक वा सहकारी संस्थालाई बचत फिर्ता गर्न हम्मेहम्मे पर्ने बताउनुभयो ।
सहकारी संस्थाकी सञ्चालक समिति सदस्य तथा ऋण उपसमितिकी संयोजक अनिमा (गोले) तामाङले स्वागत मन्तव्य राखेका थिइन् । उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य तथा गोर्खा फाइनान्स बैंक दमक शाखा प्रमुख रजिन राई, सल्लाहकार सदस्य तथा डेजा क्याफेका सञ्चालक देबेन्द्र चेम्जोङ, सञ्चालक समितिकी उपाध्यक्ष सम्झाना साँवा लिम्बू, निर्मला लावती, युवराज दंगाल, लेखा समिति सदस्य खेमराज पौेडेल, कविता फागो, माया राई लगायतको उपस्थिति रहेको थियो ।
आजदेखि सुरु भएको ११औं बािर्षक साधारणसभा सोमबारसम्म सञ्चालन हुने संस्थाका ब्यवस्थापक हरिप्रसाद दाहालले बताउनुभयो । ब्यवस्थापक दाहालका अनुसार संस्थाका शेयर सदस्यहरुको सुविधाको निम्ति कार्यालयबाट बार्षिक साधारणसभामा प्रस्तुत भएको प्रतिववेदन र आवश्यक सल्लाह र सुझाव आदान प्रदान गरिने भएको छ ।
सो अवसरमा प्रमुख अतिथिलाई संस्थाको तर्फबाट अध्यक्ष अशिम राईले याको चिनो प्रदान गरिएको थियो । मायाको चिनो प्रदान पश्चात अध्यक्ष राईले महामारीबाट बच्न र बचाउनका लागि संस्थाले यसअघिका तीनबटा बार्षिक साधरणसभाहरु कार्यालयबाट सम्पन्न गर्नुपरेको र आगामी बर्ष संस्थाको १२औं बार्षिक साधरणसभा भब्य समारोहबीच खुल्ला पार्टी प्यालेसमा गरिने समेत जानकारी गराउनुभयो ।
संस्थाले बार्षिक साधारणसभाको अवसरमा नियमित गरिनुपर्ने सवै खाले आफ्ना आन्तरिक गतिविधिहरुसमेत बन्द गर्नुपरेको बताउदैं अध्यक्ष राईले आगामी बर्ष १२औं बार्षिक साधारणसभा बृहत ढंङ्गले गरिने सो अवसरमा बताउनुभयो ।
आजबाट सुरु बार्षिक साधरणसभाको उद्घाटन समारोहको सञ्चालन सञ्चालक समितिका सचिव सुमन कुमार राईले गर्नुभएको थियो ।
