काठमाडौं, २५ भदौं–देशभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१७१८ जनाको पिसिआरबाट ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर २४३० जना सक्रिय संक्रमित छन्। १३० जना संक्रमित निको समेत भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *