काठमाडौं, २६ भदौं–माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई कोरोना संक्रमण भएको छ।

पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो। दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो।

पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन्। संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा समेत गएनन्। पुन चिकित्सकको सुझावअनुसार कम्तीमा पाँच दिन होम आइसोलेसनमै बस्नेछन्। यसअघि पनि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *