बिर्तामोड, २६ भदौ–झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार झापाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एकरएक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार दिउँसो पाँचथरको याङ्बरक गाउँपालिका–६ घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीको मृत्यु भएको छ । बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागे घाइते भएका उनको स्थानीय सिटी अस्पताल बुधबारेमा उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो ।

त्यस्तै, मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर नगरपालिका–११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *