झिलझिले (शिवसताक्षी) २७ भदौं–झापाको शिवसतक्षी ७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ ले नौ महिनापछि आय–ब्यय सार्वजनिक गरेको छ । गत मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज भाद्र २७ गते (सोमबार) आय–ब्यय सार्वजनिक गरेको हो । आय ब्यय अनुसार गोल्डकपले एकलाख बढी रुपैया बचत गरेको छ ।
गोल्डकप आयोजक फाक्तेप फुटबल क्लबले आज (सोमबार) फाक्तेपमा पत्रकार संमेलनको आयोजना गरि उक्त रुपैया बचत गर्न सफल भएको जनकारी गराएको हो ।
पत्रकार सम्मेलनमा गोल्डकप स्ञ्चालन समितिका आर्थिक सम्योजक दिपक शेर्माले गोल्ड कप संचालनको लागी १६ लाख ५६ हजार ३४ रुपैया संकलन भएको र १५ लाख ४७ हजार ५ सय ३३ रुपैया खर्च भई १ लाख ८ हजार ५ सय ३३ रुपैया बचात गर्न सफल भएको बताए । उनका अनुसार बिभिन्न राष्ट्रहरुमा रोजगारीमा रहेका नेपाली युवाहरुबाट ८ लाख रुपैया र स्वदेशका बिभिन्न संघ-संस्था ब्यबसायी रसहयोगी दाताहरुबाट ८ लाख ५६ हजार ३४ रुपैया क्लबले संकलन गरेको थियो ।
क्लबले गएको मंसिर ११ गतेबाट १८ गतेसम्म फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदनमा संचालन भएको गोल्डकपको आन्तरिक समस्यको कारण हिसाब सार्बजनिक गर्न ढिलालाई भएको क्लबका सचिब सन्तोष शेर्माले बताएका छन ।
प्रथम एनीगोल्डकप सफल हुनुमा सबैसो साथर सहयोग रहेकोले गोल्डकपलाई निरन्तरता दिनको लागी आगमी दिनमा पनि सम्पुर्ण आर्थिक सहयोगी दाता शुभचिन्तक, खेलप्रेमी, सञ्चारकर्मी लगायतको दर्बिलो सहयोगको अपेक्षा रहेको क्लबका अध्यक्ष बमप्रसाद चेमजोङले जानकारी गराए । प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनशरी र शिन्धुलीका ८ टिमको सहभागिता रहेकोमा टेम्के पुटबल क्लब धरानले उपाधी जितेको थियो भने तुक्र्रेनी फुटबल क्लब काकडभिट्टा झापा उपबिजेतामा सिमित रहेको थियो ।
उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार सहित ट्रर्फी ,मेडल , प्रमाण पत्र, प्राप्त गरेको थियो भने उपबिजेता टिमले नगद ५१ हजार सहित ट्रर्फी ,मेडल र प्रमाण पत्र, प्राप्त गरेको थियो । गोल्डकपको मुख्य प्रायोजक एनी क्लोथ ब्राण्ड दुधे झापा र सहप्रायोजक शिवसताक्षी नगरपालीका खेलकुद बिकास समिति रहेको थियो भने दोस्रो पुरस्कारको प्रायोजन नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश उपत्यका बिशेष कमिटी सदस्य शिवसताक्षी निवासी कमल साप्कोटाले गरेका थिए ।
प्रबेश निःशुल्क रहेको गोल्डकपको उद्धघाटन तत्कालीन एन्फाका बरिष्ठ उपाध्यक्ष तथा बर्तामान अध्यक्ष पंकजबिक्रम नेम्बाङले गरेका थिए भने समापन प्रदेश १ का मुख्यमन्त्रि राजेन्द्र राईको बाहुलीबाट भएको थियो ।
