भद्रपुर, २७ भदौ–झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज दिउँसो २ बजे भद्रपुर–२ र ३ स्थित देउनिया पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नं।को ट्रकले पैदल यात्रीहरु विपरीत दिशाबाट जाँदै गरेको भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी २ वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारको क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशी समेत घाइते भएका थिए ।

घाइते बालिकासहित तीनै जनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको छ भने ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *