दमक, २७ भदौं–किराँत राई विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको ११औं अधिबेशनबाट सायजन राईको अध्यक्षतामा २७ सदस्यीय इकाई समिति गठन भएको छ । निबर्तमान अध्यक्ष समीर कुलुङ राईको अध्यक्षतामा र किराँत राई यायोक्खा झापाका सचिव तथा पत्रकार/युवा नेता शु्सन राईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

अधिवेशनको उद्घाटनको अवसरमा दमकका युवा नेता अतित बान्तावा राई, किराँत राई विद्यार्थी संघ झापाका केन्द्रीय सदस्य शुनिल हताछो राई, किराँत राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन रुम्दाली राई, किरात राई लेखक संघ झापाका अध्यक्ष एबम् साहित्यकार जीतेन साङपाङ राई, किराँत राई विद्यार्थी संघ झापाकी सचिव रजनी माङ्पाहाङ राई, विद्यार्थी नेता नितेष राई लगायतका जातिय संघ–संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सायजन राईले किराँत राई विद्यार्थी संघको विधान, संस्थागत उदेश्य, योजना र कार्यक्रमलाई पालना गर्दै अघि बढ्ने बताए । उनले दमक बहुमुखी क्याम्पसमा विभिन्न जिल्ला र झापको विभिन्न क्षेत्रबाट अध्ययनरत विद्यार्थीहरुको हक, हित र अधिकारका निम्ति डटेर लाग्ने उद्घोष गरे । क्याम्पसमा राई विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई स्ववियू र क्याम्पस प्रशासनसंग पहल कदमका लागि लागिपर्ने नवनिर्वाचित अध्यक्ष सायजन राईले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *