दमकर, २९ भदौं–बढ्दो अवस्थामा रहेको डेंगुको संक्रमणलाई न्यूनिकरण र नियन्त्रण गर्न झापाको दमक नगरपालिकाको स्वास्थ्य शाखा कार्यालयले दमकमा आज विहान संचेतना मुलक र्‍याली निकालिएको छ । नगरपालिकाको कार्यालयबाट आज (बुधबार) विहान निकालिएको र्‍यालीको उद्घाटन नगर प्रमुख राम थापाले गर्नुभएको थियो ।

र्‍यालीमा दमक नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, दमकका स्वास्थ्य स्वयमसेविकाहरु, इलाका प्रहरी कार्यालयका डिएसपी सहित प्रहरीहरु, साथीभाई समुह, उद्योग बाणिज्य संघ, व्यापारी, ब्यवासयीहरु र सर्वसाधरणको सहभागिता थियो ।

र्‍यालीअघि आयोजित कार्यक्रममा दमक नगर प्रमुख थापाले पछिल्लो समय डेंगुको संक्रमण देशव्यापी रुपमा फैलिरहेको बताउनुभयो । नगर प्रमुख थापाले डेंगुको संक्रमण फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गर्न सचेतना जगाउने उदश्यले लामखुट्टे नष्ट अभियान शुरु गरेको बताउनुभयो ।
अभियानको उदेश्यबारे प्रष्ट पार्दै नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेंगु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरु नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र पलाष्टिकका बट्टाहरु हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको जानकारी दिनुभयो ।

र्‍यालीमा उपप्रमुख रेगिना भट्टराई प्रसाईं, स्वास्ग्यकर्मी बद्री बराल, उद्योग बाणिज्य संघका चन्द्र खत्री, एडभान््स अस्पतालका शहदेब भट्टराई, यातायात ब्यवसायी गंगा सिटौला, वडाध्यक्षहरु, स्वास्थ्य स्वयम् सेविकाहरु, नगरका कर्मचारी, दमक प्रहरी प्रशासन, दमक स्काउट विद्यार्थीहरु, दमक नगरमा क्रियाशिल दमक उद्योग बाणिज्य संघ, साथीभाइ समुह, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । अभियानले दमकको मुख्य चौकसहित नगर परिक्रमा गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *