दमक, ३० भाद्र–झापाको दमक ५ बेलडाँगी रोडस्थित कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न ११औं बार्षिक साधारण सभाले द एभरेष्ट सहकारी संस्थाको अध्यक्षमा पुनः दिपक खरेलको अध्यक्षतामा ४ बर्षे कार्यकालको सर्बसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रोशनकुमार गौतम, सचिवमा ज्ञाननाथ पौडेल र कोषाध्यक्षमा यामजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

सञ्चालक सदस्यहरुमा भुवन चौंलागाइँ, दिपक प्रसाइँ, राजकुमार न्यौपाने, जमुना खरेल र सुवासचन्द्र गडतौला चयन भएका छन भने लेखा सुपरिवेक्षण समिति संयोजकमा ताराप्रसाद अधिकारी, एकराज प्याकुरेल र इन्दिरा काफ्ले भटटराई चयन भएका निर्वाचन समितिका संयोजक यज्ञराज आङदम्बेले जानकारी दिए ।

भाद्र २५ गते केर्खास्थित द एभरेष्ट सहकारी सस्थाको सेवा केन्द्र कार्यालयबाट ११औं बार्षिक साधारणसभाको उद्घाटन गरिएको प्रमुख कार्याकारी अधिकृत धर्मानन्द भट्टराईले जानकारी दिनुभयो । दमकमा केन्द्रीय कार्यालय रहेको सस्थाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा, कनकाइ नगरपालिकाको सुरुङ्गा बजारमा, बिर्तामोड नगरपालिकाको बिर्ताबजारमा, कमल गाउँपालिकाको केर्खा बजारमा र उर्लाबारी नगरपालिकाको उर्लाबारी बजारमा सेवा केन्द्र सञ्चालनमा आएको छ ।

साधारणसभाको अवसर पारेर सस्थामा उत्ृष्ट कारोबार गर्ने पचास जना व्यवसायी सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तैं, कार्यालयमा कार्यरत कर्मचारीहरु मध्ये दमक कार्यालयका लोकेन्द्रबहादुर धिमाल र बिर्तामोड कार्यालयका रुपा राना मगरलाई नगद नौ हजार पचास रुपैया र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठको प्रमुख आतिथ्य र उद्योगपती एवं जनमुखी सहकारी संस्थाका सल्लाहकार संयोजक ऐश्वर्य प्रसाद तिम्सिनाको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तिम्सिनाको सम्मानपत्र वहाँकी जीवनसंगनीले ग्रहण गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *