दमक, ३० भाद्र–मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय मार्फत पथरी, मधुमल्ला र झापाको दमकमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (विहिबार) दमक सेवा केन्द्रमा १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यसअघि, सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले थरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र र बुधबार मधुमल्ला सेवा केन्द्रमा साधारणसभा सम्पन्न गरेको थियो ।

बिहिबार दमकस्थित सेवा केन्द्रमा सस्थाको १२औं बार्षिक साधारणसभामा दमक क्षेत्रका सदस्यहरुलाई बार्षिक प्रतिवेदन बितरण गरिएको थियो । सो क्रममा संस्थाका अध्यक्ष गोपाल भटटराई र सस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले समय र परिस्थिती अनुसार संस्थाले सेवा केन्द्र मार्फत इकागत रुपमा १२औं बार्षिक साधारणसभा गरिरहेको बताउनुभयो ।

अध्यक्ष भट्टराई र कार्यकारी प्रमुख पौडेलले औपचारिक रुपले दमकका शेयर सदस्यहरुलाई प्रतिवेदन हस्तान्तरण पश्चात कार्यालयबाट कर्मचारीहरुले प्रतिवेदन बितरण गर्ने कार्यक्रम रहेको बताइयो । भाद्र २८ गते बुधबारबाट सुरु भएको १२औं बार्षिक साधारणसभा भाद्र ३१ गते औपचारिक रुपमा सम्पन्न हुने भएको छ ।

उर्लाबारीस्थित सूदर्शन बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयले उर्लाबारी उद्योग बाणिज्य संघको कार्यालयमा भोली (शुक्रबार) सम्पन्न हुने बार्षिक साधरण सभामा बाल बचतकर्ता ८२ जना, उत्कृष्ट कारोबार (बचत र ऋणी) गर्ने शेयर सदस्यहरु ९४ जना, विद्यार्थी सम्मान (छात्रा–छात्र) २ जना र सहकारी क्षेत्रमा कलम चलाएवापत ३ जना पत्रकारलाई सम्मान तथा पुरुस्कार बितरण गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षसम्ममा ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी रहेको वितरित बार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाले सोही अवधिमा संस्थाले विभिन्न शीर्षकमा सरकारलाई ३ लाख ५३ हजार २९४ रुपैयाँ कर तिरेको जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *