काठमाडौं, ३० भाद्र–नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये सबैभन्दा धेरै विगत १५ दिनमा भेटिएका छन्। गएको डेढ महिनामा डेंगुबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

मन्त्रालयको विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा रहेका छन्। बाग्मती प्रदेशमा हाल ९ हजार ३०४ जना डेंगु संक्रमित भेटिएका छन्।

लुम्बिनी प्रदेशमा १ हजार ४७९ जना, प्रदेश १ मा ४०२ जना, मधेश प्रदेशमा १२३ जना, गण्डकी प्रदेशमा २४५ जना, कर्णालीमा १८४ जना र सुदूरपश्चिम प्रदेशमा ३८० जना डेंगु संक्रमित भेटिएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *