दमक, ३१ भदौ–झापाको दमक-६ मा अवस्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले मोवाईल बैकिङ कारोवार गर्ने ३० जना आफना सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको आफनो १३औं बार्षिक साधारणसभा समापनका अवसरमा शुक्रवार संक्षिप्त कार्यक्रम गरि संस्थामार्फत मोवाईल बैकिङ (क्यूआर) गर्ने उत्कृष्ठ कारोवारीलाई सम्मान गरिएको कार्यकारी प्रमुख अरुण भण्डारीले बताए । उनीहरुलाई संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्ली मुखिया लगायतले सम्मान स्वरुप टिसर्ट प्रदान गरेका थिए ।

सोहि अवसरमा संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा ध्रुव आचार्यलाई प्रमाणपत्रसहित नगद १५ हजार १११ र अर्का कर्मचारी करुणा खड्कालाई प्रमाणपत्रसहित २५ हजार १११ नगदबाट पुरस्कृत गरिएको थियो । संस्थाले बर्सेनी आफनो बार्षिक साधारणसभामा दुई जना कर्मचारीलाई पुरस्कृत गरिआएको छ ।

संस्थाले गत भदौ २७ गतेदेखि शुरु गरेको साधारणसभा आज भने सम्मान तथा पुरस्कारका कार्यक्रम गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिएको सञ्चालक नारायण खतिवडाले बताए ।

१३औं बार्षिक साधारणसभा समापनका अवसरमा उत्कृष्ट शेयर सदस्य सम्मान २०७९ बाट ३०० र उत्कृष्ट बाल बचततर्फ २०० बाल–बच्चालाई मायाको चिनो, स्कुल ब्याग र प्रमाणपत्र सहित सम्मान गरिएको सहकारी सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *