दमक, ३१ भदौं–मोरङको उर्लाबारी–५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज तीन जना पत्रकारलाई एकैसाथ पुरस्कृत गरेको छ ।

उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा आज सम्पन्न संस्थाको १२ औ बार्षिक साधारण सभाका अवसर पारेर दमकका पत्रकार विष्णु पौडेल र उर्लावारीका पत्रकारद्धय मदनबाबु प्रसाई र मिलनके राउतलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत पत्रकारहरुलाई सहकारी क्षेत्रका बिषयमा सञ्चारमाध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन योगदान दिएको ठहर गर्दै नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीले जनाएको छ ।

पुरस्कृत पत्रकार पौडेल निष्कर्ष मिडिया प्रालिका सञ्चालक हुन भने उर्लाबारीलाई कार्यथलो बनाएर पत्रकारद्धय राउत र प्रसाई दुई दशक बढीदेखि क्रियाशील छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *