दमक, २ असोज–झापामा वर्षेनी तीन सयभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार वर्सेनी आत्महत्या बढिरहेको पाइएको हो। पछिल्लो तीन आर्थिक वर्षमा प्रत्येक वर्ष तीन सय बढीले आत्महत्या गरेको पाइएको हो।

आर्थिक वर्ष ०७६/७७ मा झापामा २२३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ३३४ र आर्थिक वर्ष ०७८/७९ मा ३११ जनाले आत्महत्या गरेको उनले बताए। चालू आर्थिक वर्षको एक महिनामा मात्र २९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्लामा आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष रहेको तथ्यांकले देखाएको छ। आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेका एसपी पोखरेलले जानकारी दिए। उमेर समूहका आधारमा सबैभन्दा धेरै १६ देखि ६० वर्ष उमेरका व्यक्तिले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमध्ये उक्त उमेर समूहका ७८ प्रतिशत रहेका छन्।

यस्तै, १६ वर्षमुनिका १६ प्रतिशत र ६० वर्षमाथिका ६ प्रतिशतले आत्महत्या गरेका प्रहरीको तथ्यांक छ। झापामा रहेका स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको पाइएको छ। गत आर्थिक वर्षमा मेचीनगरमा ४८ जनाले आत्महत्या गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *