दमक, २ असोज–आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले आइतबार दमकमा सचेतनामूलक कार्यक्रम गरेको छ। दमकमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाले प्रभातफेरी गरेका थिए।

प्रभातफेरिपछि भएको कार्यक्रममा प्रस्तुति गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले गरिबी, चेतनाको कमीले आत्महत्याको घटना बढेको बताए।

‘अशिक्षा, गरिबीसँगै आफ्ना आफन्त, साथीबाट तिरस्कृत हुनु, मानसिक विचलनको सिकार हुनु, आशाभरोशा गुमाएर जीवनप्रति वितृष्णा हुनु, प्रेम सम्बन्धमा धोका र विछोड, सामाजिक सञ्जालको गलत प्रयोग, देखासिखी, हिंसालगायतका कारणले आत्महत्या गर्ने गरेको पाइन्छ,’ डिएसपी गिरीले भने, ‘यसको न्यूनीकरण गर्न परिवार, छिमेकी र परिवारको दायित्व हो । आत्महत्या गर्नु पनि अपराध हो।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आत्महत्या न्यूनीकरणमा स्थानीय तहले वार्षिक कार्यक्रम नै ल्याउनुपर्ने धारणा राखे। उनले अप्ठेरोमा परेकालाई सहयोग गरे आत्महत्या न्यूनीकरण हुन सक्ने बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *