धरमपुर, ३ असोज–झापाको शिवसताक्षी–३ पाराबारी बजारमा आज एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा एक दिने नि शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा लाइफ लाइन अस्पतालका डाक्टर बिक्रान्त विक्रम खरेल, फिजिसियन डाक्टर केशर बहादुर गुरुङ्ग, हाडजोर्नी डाक्टर मनोज शाह, महिलारोग विशेषज्ञ डाक्टर राजेश्वर प्रसाद शाह, डेन्टर सर्जन डाक्टर एलिना मिश्र लगायतको विशेषज्ञ टोली विरामीको उपचार गरिएको लाईफलाईन अस्पताल दमकका स्वास्थ्य शिविर संयोजक डम्वर मोतेले जानकारी दिए ।

शिविरमा कान र आँखाका ३ सय ६ जना हाडजोर्नी स्त्रीरोग, फिजिसियन र दाँतका २ सय ८५ जना गरी जम्मा ५ सय ९१ जनाले सेवा लिएको आयोजक होटल व्यवसायी संघ दमकले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *