धरमपुर, ३ असोज–झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर १, २ र ३ (साविकः धरमपुर गाविस) अन्तर्गत किराँत राई यायोक्खा वडा समितिको आज सम्पन्न दोस्रो अधिवेशनले धरमपुरका पुराना सामाजिक अगुवा दिपेश लोहोरुङ राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरिएको छ ।

नव गठित समितिको उपाध्यक्षमा थाम बहादुर राई, सचिवमा काजीमान राई, सह–सचिवमा इगिन्द्र राई र कोषाध्यक्षमा मनिषा राई चुनिएका छन् । त्यसैगरी, सदस्यहरुमा सन्चमान राई, देउप्रकाश राई, बाबा राई, शेर्पा राई, आयुष राई, जसपाल राई, रन्जीता राई र अनिता राई चुनिएको किरात राई यायोक्खा धरमपुरका निवर्तमान अध्यक्ष प्रेम दुमी राईले जानकारी दिनुभएको छ ।

प्रेम दुमी राईको अध्यक्षतामा र किराया शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङ्गालुङ राईको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । सो अवसरमा यायोक्खा धरमपुर (हालः वडा समिति) लाई साकेला शिली नृत्य गर्ने कलाकारतर्फ २० जना, स्थानीय स्तरमा माछा पालन, सुगुर पालन, थुक्पा उद्योग, गृल उद्योग मार्फत व्यापार व्यवसाय गर्नुहने ३ जना, बैदेशिक रोजगारमा रहेर यायोक्खा वडा समितिको अभियानमा आर्थिका सहयोग गर्नुहुने ४ जना र यायोक्खा धरमपुरको संस्थागत विकाशमा लाग्नुहुने ३ जनालाई अधिवेशनको उद्घाटन समारोहमा मान, सम्मान र कदर पत्रले सम्मान गरिएको थियो ।

समारोहमा नवगठित समितिका अध्यक्ष लगायत पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई बधाई तथा कार्याकालको शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । साथैं, नव गठित समितिको तर्फबाट अध्यक्ष दिपेश लोहोरुङ राईले आफ्ना प्रतिबद्धतासहित बिचारहरु राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *