काठमाडौं, ४ असोज–नेकपा एमालेले यसपटक संघीय साँसदमा समानुपातिक तर्फ नयाँ र युवा अनुहारहरूलाई अघि सारेको छ । जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरुलाई पार्टीले समानुपातिकमा अघि सारेको हो ।

यो बेलालाई प्राप्त जानकारी अनुसार महिलाको क्लस्टरमा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सुचीमा राखिएको छ । थापा एमाले उपाधक्ष्य रामबहादुर थापाकी श्रीमती हुनुहुन्छ ।

यसैगरी केन्द्रीय सदस्य दिपा शर्मा, अनेरास्ववीयूकी अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बराल, यूवा संघ नेपालका उपाधक्ष्य क्रान्ती बुर्लाकोटी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, भक्त कुमारी लामालाई पनि समानुपातिक सुचीमा राखेको छ ।

यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई, झापा दमककी निरु पुलामी, दैलेखकी सूर्य कुमारी श्रेष्ठ, कालीकोटकी इन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सुचीमा राखेको एमाले स्रोतले जानकारी दिएको छ ।

यसैगरी हर्कमाया विक, अञ्जु प्रसाईं बर्देवा आदिलाई पनि एमालेले महिलातर्फको समानुपातिक सुचीमा राखेको छ । निर्वाचन विभाग उपप्रमुख निरज आचार्यका अनुसार उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमाल नेतृत्वको टोलीले निर्वाचन आयोगमा अपरान्ह १ सय १० जनाको समानुपातिक सुची बुझाएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *