दुधे, ५ असोज–झापाको शिबसताक्षी–९ दुधेमा बुधबारदेखि धन्यवाद मार्ट सञ्चालनमा आएको छ । नुनदेखि सुनसम्म पाइने सो मार्टको नगर प्रमुख मेघाहाङ थोप्राले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा नगरका निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल लगायत स्थानीय जनप्रतिनिधि, सामाजिका संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक पार्टीका नेता तथा उद्यमी व्यवसायीहरुको समेत ठूलो संख्यामा उपस्थिति थियो ।
दुधे, दमक, सुरुङगा र बिर्तामोडका ४ जना युवाहरुको संयुक्त लगानीमा सुरु भएको मार्टमा खाद्यान्य सामाग्रीहरुदेखि कस्मेटिक, लत्ताकपडाहरु र स्पोर्ट (खेलकुद) का सामाग्रीहरु पाइने सञ्चालक मनोज नेपालले ‘हाम्रोसरोकार’लाई जानकारी दिए । दुधे–शिबगञ्ज रोडको पूर्वतर्फ अवस्थित धन्यवाद मार्टलाई दुईवटा व्यवसायीक क्षेत्रमा बिभाजन गरिएको छ । पहिलो अर्थात ग्राउण्ड फोल्लोरमा उपभोग्य खाद्यान्य सामाग्रीहरु राखिएको छ भने दोस्रो फोल्लोरमा लक्ताकपडाहरु र खेलकुद सम्बन्धीका सामाग्रीहरु राखिएको सञ्चालक नेपालले बताए ।
दुधे बजारका स्थानीय ग्राहक र दुधेबाट दक्षिणीतर्फका ग्रामिण गाउँ बजारका ग्राहकहरुलाई लक्षित गरेर मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक लिला खनालले जानकारी दिए ।
मार्टमा आगान्तुक ग्राहकरुको माग अनुसार सामाग्रिहरु क्रमशः थप्दै जाने र दशैं, तिहार र छठ लगायतमा चार्डपर्वलाई लक्षित गरेर मूल्य र गुणस्तरीयतामा विशेष ध्यान दिने सञ्चालक चुडामाणी तिम्सिनाले ‘हाम्रोसरोकार’लाई भने । पाकिङको सुविधासहितको भवनमा व्यवसाय सुरुवात गरेको मार्टका अर्का सञ्चालका भुवन खतिवडाले बताए ।
१ करोड २० लाख लगानी गरिएको छ, मार्टका एमडी समेत रहेका सञ्चालक मनोज नेपालले भने । हाल, मार्टमा नौ जना कर्मचारीहरु छन् । स्वदेशमा नै उद्यम व्यवसायसंगै रोजगार दिने उदेश्यले धन्यवाद मार्टलाई दमकबाट दुधेहुदैं सुरुङ्गा, बिर्तामोड, इटहरी लगायतका क्षेत्रहरुमा विस्तार गर्दै लैजाने सञ्चालकहरु बताउँछन् ।
