धरमपुर, ६ असोज–झापाको शिबसताक्षी–१ धरमपुरका पुर्ण फेजङ नेम्बाङले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दिने घोषणा गर्नुभएको छ । लामो समय शैक्षिक क्षेत्रमा काम गरिसक्नुभएका नेम्बाङले आज धरमपुरस्थित ओप्पा क्याफेमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेर प्रतिनिधि सभातर्फको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेद्धवारी दिने घोषणा गर्नुभएको हो ।

पत्रकार भेटघाट मार्फत आफ्नो उम्मेद्धवारी घोषणा गर्नुहुदैं नेम्बाङले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि सम्पन्न हुन लागेको प्रदेश र संघीय (प्रतिनिधि सभा) को निर्वाचनमा उम्मेद्धवारी घोषणा गर्नुभएको हो । नेम्बाङले झापा निर्वाचन क्षेत्र नं ४ मा यहाँका स्थानीयवासीहरुले जनप्रतिनिधिहरुबाट चाहेको र खोजेको जनताको प्रतिनिधिहरु नपाएको बताए ।

पुरानो आस्था, बिचार र पुरानै राजनीतिक दलका नेतृत्वले निर्वाचनको समय र विषयमा ठुलो र चिल्ला कुरा गरेता पनि अहिले तल्लो बर्ग वा दुःखी, गरिवि, अभाव, उत्पिडनमा बाँचिरहेका समुदायको पक्षमा काम गर्न नसकेको नेम्बाङ बताउनुहुन्छ ।

आफ्नो श्रीमति तथा पूर्व मोडल–कलाकार अप्सरा शेर्मा सहित उम्मेद्धवारी घोषणा कार्यक्रममा आइपुगेका नेम्बाङले मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा बिजय हुने बताउनुभएको छ ।

पहिचानको आन्दोलनमा लामो समय काम गरि सक्नुभएका नेम्बाङले निर्वाचनको तयारी र भेटघाटलाई तिव्रता दिनुभएको छ । राजनीति आस्था र पार्टीको जिम्मेवारी रहेर काम गरिआएका मतदाताहरु अहिले स्वतन्त्र जीवन र राजनीतिबाट समेत स्वतन्त्र भएर बाच्न चाहिरहेको नेम्बाङको तर्क छ । वहाँले एउटा नागरिक वा मतदाता राजनीति पार्टीको मात्रै मतदाता वा कार्यकर्ता भएर बसिरहने दिन समाप्त भएको बताउनुभयो ।

सरल जीवनशैली, मृद्धभाषी, बौद्धिक, तार्कित व्याक्तित्व भएका नेम्बाङले लामो समय बिद्यालयमा शिक्षण पेशा गर्नुभएको छ । पछिल्लो समय धरमपुरस्थित नेम्बाङले आफ्नो निजी घरैमा अप्सारा कृषि फार्म सञ्चालन गरिरहनुभएको छ ।

बिचार र योजनाहरु ब्नाउने र त्यसलाई जनताबीचमा कार्यव्यवन गर्न डटेर लागिपर्ने असल जनप्रतिनिधिको आवश्यक परेको नेम्बाङ बतानुहुन्छ । वहाँले हालः बढ्दै गइरहेको भष्ट्रचारको अन्त्य गर्न पनि यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारलाई मतदान गरेर बिजय गराउन आग्रह गर्नुभयो । देशमा अहिले राजनीतिक शक्तिको आडमा भष्ट्रचार बढिरहेको नेम्बाङले बताउनुभयो ।

अहिले पालिका मार्फत स्थानीय सरकारले गाउँ घरमा भौतिक पूर्वाधारतर्फ अनेकौ खालका योजनाहरु सम्पन्न भइसकेको र कतिपय योजनाहरु सम्पन्न हुने चरणमा रहेको नेम्बाङले बतानुभयो । त्यसैले अवको संघीय र प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ नभएर बिज्ञान प्रविधि, प्राविधिक शिक्षा, कानूनी शिक्षा, बातबरण संरक्षण र नागरिकको स्वास्थ्य र सुरक्षा लगायतमा खर्च गरिनुपर्नेमा नेम्बाङले जोड दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *