दमक, ९ असोज–झापाको दमक–६ बाट सञ्चालित सर्वेश्वरी कृषि सहकारी संस्थाको आज छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक उत्सव सम्पन्न भएको छ । दमकस्थित उद्योग बाणिज्य संघको भवनमा आयोजित सहकारी संस्थाको छैठौं वार्षिक साधरणसभामा आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो । त्यस्तैं, सहकारी संस्थाले आर्थिक वर्षभित्र सम्पन्न गरेका आर्थिक गतिविधिहरुलाई समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन साधारणसभाको उद्घाटन समारोहमा प्र्र्रस्तुत गरिएको थियो ।

सञ्चालक समितिका अध्यक्ष सन्त कुमार राईको अध्यक्षतामा भएको छैठौं वार्षिक साधारण सभामा संस्थामा उत्कृष्ट कारोबार गर्नेहरुलाई मान, सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो । त्यसैगरी, सस्थाका कर्मचारी प्रोत्साहनतर्फ यसवर्ष बजार प्रतिनिधि रबिमाया राईलाई उत्कृष्ट कर्मचारी घोषणा गरि पुरस्कृत गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित सदस्यहरुहरुलाई साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य नारायण प्रसाद गौतमले प्रमाणपत्र वितरण गर्र्नुभएको थियो ।

सो अवसरमा दमक–६ का वडा सदस्य तथा दमक नगर कार्यपालिकाका न्यायीक समिमितका सदस्य कमल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रमुख मुना केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष सन्त कुमार राईले वार्षिक प्रतिवेदन प्र्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, सहकारी संस्थाको लेखा प्रतिवेदन व्यवस्थापक उत्तम राईले प्र्रस्तुत गर्नुभएको थियो ।

सञ्चालक समितिका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले साधारणसभामा सहभागि सबैलाई स्वागत तथा सम्मान व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमलाई सञ्चालन सहकारी संस्थाका सदस्य हरिबहादुर राईले गर्नुभएको ।

यसअघि, आजै विहान संस्थाले दमकमा खुल्ला रक्तान कार्यक्रम सम्पन्न गरिएकाो छ । रक्तदानमा १३ प्रिन्ट रगत संकलन भएको सर्वेश्वरी कृषि सहकारी संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले जानकारी दिनुभयो ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाको वार्षिक उत्सवमा आयोजित खुल्ला रक्तदानमा सञ्चालक समितिका अध्यक्ष सन्तकुमार राई, उपाध्यक्ष महेन्द्र चाम्लिङ राई, व्यवस्थापक उत्तम राई लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *