दमक, ९ असोज–झापाको दमक–६ बाट सञ्चालित सर्वेश्वरी कृषि सहकारी संस्थाको आज छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक उत्सव सम्पन्न भएको छ ।
सस्थाको छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक वार्षिक उत्सवको अवसर पारेर आइतबार विहान दमकमा खुल्ला रक्तान कार्यक्रम सम्पन्न गरेको छ ।
दमकस्थित उद्योग बाणिज्य संघको भवनमा सम्पन्न रक्तदानमा १३ प्रिन्ट रगत संकलन भएको सर्वेश्वरी कृषि सहकारी संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले हाम्रोसरोकारलाई जानकारी दिनुभयो ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाको वार्षिक उत्सवमा आयोजित खुल्ला रक्तदानमा सञ्चालक समितिका अध्यक्ष सन्तकुमार राई, उपाध्यक्ष महेन्द्र चाम्लिङ राई, व्यवस्थापक उत्तम राई, साहित्यकार तथा सामाजिक अगुवा सावित्रा याक्खा देवान, पत्रकार अनिलदेब राई लगायत संस्थाका सञ्चालक समितिका पदाधिकारी र सदस्यहरु, सल्लाहकार सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यता, दमकस्थित उद्योग बाणिज्य संघको भवनमा आयोजित सहकारी संस्थाको छैठौं वार्षिक साधरणसभामा आर्थिक बर्ष २०७८÷०७९ मा उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो । त्यस्तैं, सहकारी संस्थाले आर्थिक वर्षभित्र सम्पन्न गरेका आर्थिक गतिविधिहरुलाई समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन साधारणसभाको उद्घाटन समारोहमा प्र्र्रस्तुत गरिएको थियो ।
सञ्चालक समितिका अध्यक्ष सन्त कुमार राईको अध्यक्षतामा भएको छैठौं वार्षिक साधारण सभामा संस्थामा उत्कृष्ट कारोबार गर्नेहरुलाई मान, सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो । त्यसैगरी, सस्थाका कर्मचारी प्रोत्साहनतर्फ यसवर्ष बजार प्रतिनिधि रबिमाया राईलाई उत्कृष्ट कर्मचारी घोषणा गरि पुरस्कृत गरिएको थियो ।
पुरस्कृत तथा सम्मानितहरुलाई साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य नारायण प्रसाद गौतमले प्रमाणपत्र वितरण गर्र्नुभएको थियो । सो अवसरमा दमक–६ का वडा सदस्य तथा दमक नगर कार्यपालिकाका न्यायीक समिमितका सदस्य कमल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रमुख मुना केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष सन्त कुमार राईले वार्षिक प्रतिवेदन प्र्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, सहकारी संस्थाको लेखा प्रतिवेदन व्यवस्थापक उत्तम राईले प्र्रस्तुत गर्नुभएको थियो ।
सञ्चालक समितिका उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले साधारणसभामा सहभागि सबैलाई स्वागत तथा सम्मान व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमलाई सञ्चालन सहकारी संस्थाका सदस्य हरिबहादुर राईले गर्नुभएको ।
