दमक, १० असोज–दमककै पुरानो सहकारी संस्थाहरुबीच दमक–८ सेतुमारी रोडबाट सञ्चालित राष्ट्रिय बहुमुखी सहकारी सस्थाको २३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर राष्ट्रिय बहुमुखी सहकारी सस्थाले आर्थिक वर्ष भित्र सञ्चालन भएका नीति कार्यक्रम अन्तगर्त उत्कृष्ट कारोबार गर्ने बचतकर्ता, ऋणी, बाल बचत, जेष्ठ नागरिक सम्मान र शेयर सदस्यहरुका छोराछोरीले उत्कृष्ट अकं ल्याएर उर्तिण हुने दुई जना विद्यार्थीसहित एक जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष जीतमान राईको प्रमुख आतिथ्यतामा २३औं साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभा सञ्चालक समितिका तर्फबाट अध्यक्ष धनराज राईले बार्षिक प्रतिवेदन र लेखा संयोजक मणिराज राईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुबै प्रतिवेदनलाई साधारणसभाको बन्दत्रमा सुझाव सहित पारित गरिएको संस्थाका सञ्चालक समिति सदस्य दिपेनवाला राईले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि सम्मन तथा पुरस्कारबाट संस्थाकै ज्येष्ठ सदस्य ७८ बर्षिय कुलबहादर राई, महिला ज्येष्ठ तर्फ ७६ बर्षिया भगवती भटटराई, भूपू सैनिकतर्फ भारतीय सैनिकका पदमबहादुर लिम्बू, व्रिटीस सैनिकका पञ्चबहादुर राईलाई सम्मान गरियो ।
यस्तै, शेयर सदस्यका परिवारबाट माध्यमिक शिक्षा कक्षा १२ तर्फ उच्चतम अंक ल्याउने छात्रतर्फ रुमन लिम्बू र छात्रातर्फ रुजु दुलाल र उत्कृष्ठ कर्मचारीतर्फ बालकुमारी लिम्बूलाई प्रोत्साहन स्वरुप नगद तथा सम्मान पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
यसैगरि, संस्थाले बचत तथा ऋणका कारोवार गर्ने उत्कृठ शेयर सदस्यहरु शारदा लिम्बू, सञ्जय अग्रवाल, अमृता राई लावती, हर्ककुमारी राई, झरना लक्सम देवान, प्रविणकुमार थापा, चण्डीप्रसाद न्यौपाने, लक्ष्मीप्रसाद राई, फूलमाया तामाङ, इन्द्रमाया कन्दङवा, बिष्णुकुमारी लिम्बू, भिमप्रसाद कन्दङवा, दिपराज राई, पूर्णिमाया बेघा, चन्द्रमाया मगर, उमेशकुमार राई, खडग आङबुहाङ, तारानिधि मिश्र, जमुनाथापामगर, जोगबहादुर राई, आशबहादुर राई, शरेस बहादुर तामाङ र सानु थापालाई मायाको चिनो तथा प्रंशसापत्रसहित पुरस्कृत गरिएको थियो ।
सम्मान तथा पुरस्कार संस्थाका अध्यक्ष धनराज राई, प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष जीतमान राई, संस्थाका सल्लाहकारहरु क्याप्टेन बिबि राई, संस्थाका सल्लाहकार तथा साहित्यकार सुमित्रा वाङदेल चेली, रुकमान लिम्बू, ऐमानसिंह लावतीलगायतले वितरण गरेका थिए ।
संस्थाका व्यवस्थापक लिलाराज तुम्बापोले संस्थाको आर्थिक कारोवारको वर्तमान अवस्था, भावी कार्य योजनाका बारेमा जानकारी दिएका थिए । उनले संस्थालाई अव समयसापेक्ष रुपमा लैजान वृहत कार्ययोजना ल्याएको र यसमा सवै शेयर सदस्यहरुले साथ दिनु पर्ने औल्याएका थिए । संस्थाका सचिव कृष्ण गोलेले सञ्चालन गर्नुभएको थियो ।
