दमक, १० असोज–दमक–६ मा सञ्चालित उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सो सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विमला पोख्रेलले वित्तीय कारोबारको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक पर्शुराम रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेको थिए ।
साधारण सभामा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी, एकल महिला शेयर सदस्य तथा कर्मचारीलाई मान, सम्मान र पुरस्कार प्रदान गरिएको थियो । सो संस्थाका कर्जा शाखा प्रमुख गणेश प्रसाद भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित गरिएको थियो ।
सहकारी सस्थाकी अध्यक्ष चन्द्र खड्का भट्टराईको अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थामा १ हजार १९२ जना शेयर सदस्यहरु छन् ।
सो सहकारी सस्थाको गत आर्थिक वर्षको कुल कारोबार रु ११ करोड ५३ लाख ७७ हजार ८९, शेयर पुँजी १ करोड ५३ लाख ८९ हजार ५ सय रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा शिक्षा तालिम तथा स्वास्थ्य उपसमिति संयोजक केपी भट्टराईले पनि शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समिति संयोजक पर्शुराम रिजालले राखेको कार्यक्रमको संचालन सचिव विरेन्द्र पोखरेलले गरेको थिए ।
कार्यक्रममा सक्रिय पत्रकार सन्जालका अध्यक्ष तथा सप्तरङ्गी एफ एमका प्रवन्धक निर्देशक गिरीराज भट्टराई, जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारी, दमक–६ का सदस्य कमल कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
